रास्वपाको सत्तारोहण : ३२ दिनमा रवि पदमुक्त, २० दिनमा तीन मन्त्रीको सामुहिक राजीनामा
काठमाडौं । सरकारबाट बाहिरिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एक राज्यमन्त्रीसहित तीन जना मन्त्रीले आफ्नो राजीनामा बुझाएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्यराज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् । यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतले पुस १३ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गरेको थियो ।
पुस ११ मा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका रवि मन्त्री भएको ३२ दिनमा पदमुक्त भएका थिए । मन्त्रीपदमुक्त भए लगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका उनले पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई अल्टिमेटमसहित दबाब दिएका थिए ।
पटक–पटकको अल्टिमेटमबाट पनि सुनुवाइ नभएपछि पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । माघ ३ मा दोस्रो पटक मन्त्रिमण्डल विस्तारमा सहभागी अर्याल, खनाल र कार्की मन्त्री भएको २० दिनमा सरकारबाट बाहिरिएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया