२१ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक
काठमाडौं । केन्द्रीय बैंकलले सोमबार २१ अर्ब १०० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र एक वर्ष अवधिको लागि ट्रेजरी जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिन अविधको लागि २ अर्ब ट्रेजरी जारी गर्न लागेको छ । त्यस्तै ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २१ अर्ब १०० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन २३ गते परिपक्व हुनेछ । त्यसैगरी ९१ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते, १८२ दिन अवधिको ट्रेजरी २०८० साउन २३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० माघ २३ गते परिपक्व हुनेछ ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया