२१ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक
काठमाडौं । केन्द्रीय बैंकलले सोमबार २१ अर्ब १०० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र एक वर्ष अवधिको लागि ट्रेजरी जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिन अविधको लागि २ अर्ब ट्रेजरी जारी गर्न लागेको छ । त्यस्तै ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २१ अर्ब १०० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन २३ गते परिपक्व हुनेछ । त्यसैगरी ९१ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते, १८२ दिन अवधिको ट्रेजरी २०८० साउन २३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० माघ २३ गते परिपक्व हुनेछ ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया