रविमाथि भीम रावलको टिप्पणी : लामिछानेको जाँच गरौं
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भीम रावलले रास्वपाका सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने टिप्पणी गरेका छन् ।
आइतबार सरकारबाट बाहिरिएपछि पत्रकार सम्मेलन गरी मिडियामाथि वीषबमन गरेका लामिछानेले आलोचना, सत्यतथ्य औंल्याउने र आलोचना गर्ने लोकतान्त्रिक मान्यता भएको उनको जिकिर गरेका छन् । राजनीतिक सिद्धान्त, मुल्य र मान्यतामा विश्वास गर्नेले गालीगलौचमा भन्दै यस कसिमा लामिछानेको जाँच गर्नुपर्ने सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।
‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ। सत्य तथ्य अौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौं’, उनले लेखेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया