साँघुरो गल्लीको आगो नियन्त्रण गर्न नयाँ प्रविधि जडान गर्दै कामपा
काठमाडौं । काठमाडौं महानगरपालिकाले दमकल नछिर्ने आफ्नो क्षेत्रभित्र आगो निभाउन फायर हाइड्रन्ट जडान कार्य सुरु गरेको छ ।
महानगरपालिकाले काठमाडौंको कोर एरिया भनेर चिनिने निकै साँघुरा गल्ली भएका असन, इन्द्रचोकलगायत क्षेत्रमा यसको जडान कार्य सुरु गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले सामाजिक सञ्जालमार्फत हाइड्रन्ट जडानको काम सुरु भएको जनाएका छन् ।
हाइड्रन्ट दमकल पस्न नसक्ने स्थानमा आगो निभाउने प्रविधि हो । यसमा पाइप जोडेर आगो लागेको स्थानमा पानी फ्याँक्न सकिन्छ ।
काठमाडौंका साँघुरा गल्ती भएका स्थानमा हुने आगलागी टाउको दुखाइको विषय बन्दै आएको छ । यो प्रविधि जडान भएपछि महानगरपालिका क्षेत्रको आगो नियन्त्रणमा सहजता हुने विश्वास महानगरपालिकाले लिएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया