ढुङ्गा हानेर, टायर बालेर वा हिंसा गरेर म राजनीतिमा आएको होइन : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफू ढुङ्गा नहानी, सडकमा टायर नबाली र हत्या–हिंसा नगरी समाजसेवामार्फत राजनीतिमा आएको दाबी गरेका छन् ।
कर्णालीको सुर्खेतमा पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले अब यसरी नै समाजसेवा गरेर राजनीतिमा आउन आफ्ना विरोधीहरूलाई चुनौतीसमेत दिएका छन् ।
‘म शुद्ध समाज सेवा र भ्रष्टाचार विरुद्धको अभियान चलाएर राजनीतिमा आएको हुँ’, उनले भने, ‘म राप्रपामा कुनै स्वार्थ धम्की र बाध्यताले नभइ राजनीतिमा भएको फोहोरी खेललाई अन्त्य गर्न आएको प्रष्ट पार्न चाहन्छु ।’
उक्त आमसभाबाट एक हजारभन्दा बढीले राप्रपामा प्रवेश गरेको बताइएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया