चुनावी रणनीति बनाउन एमालेले चैतमै बोलायो ३ वटा बैठक

काठमाडौं । चुनावी रणनीति बनाउन भन्दै एमालेले चैतमा तीनवटा बैडठक बोलाएको छ । चैत ७ गते पोलिटव्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी तथा चैत १३ गते स्थायी कमिटी बैठक बोलाएको हो ।
मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
साथै, एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पनि पारित गरेको छ ।
आगामी बैशाख ३० गते स्थानीय निर्वाचन हुने घोषणा सरकारले गरिसकेको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया