भूकम्पमा टर्किस गोलकिपरको मृत्यु
काठमाडौं (एजेन्सी) । टर्किस गोलकिपरको भूकम्पमा परी ज्यान गएको छ ।
टर्की र सिरियाको सीमा केन्द्रबिन्दु सोमबार गएको भूकम्पमा टर्किस गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको हो ।
उनी आबद्ध क्लब एनी मालत्यास्पोरले सोमबार गएको भूकम्पमा टुर्कासलानको निधन भएको पुष्टि गरेको छ ।
२८ वर्षीय टुर्कासलानले क्लबका लागि ६ खेल खेलेका थिए ।
टर्कीमा सोमबार गएको भूकम्पमा परी हालसम्म ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया