चन्दा दिन नमानेपछि त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुखमाथि आक्रमण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागमा तोडफोड भएको छ ।
विभागीय प्रमुख प्रा. डा इश्वरी प्रसाद कँडेल कार्यालभित्रै रहेको अवस्थामा बिहीबार तोडफोड भएको हो । कँडेलले प्रहरी वृत्त किर्तिपुर आफूमाथि भौतिक आक्रमण भएको भन्दै ज्यान मार्ने कसुरमा जाहेरी दिएका छन् ।
उनले दिएको जाहेरीमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष शम्भुप्रसाद भट्टले छापामार शैलीमा उनीमाथि आक्रमण गरी कार्यलयको फर्निचरहरूमाथि क्षति पुर्याएको उल्लेख छ ।
उनका अनुसार अनेरास्ववियुबाट आर्थिक सहयोगका लागि विभागमा पत्र पठाइएको थियो । कँडेलले सार्वजनिक संस्थामा चन्दा दिन मिल्दैन भन्दा आफूमाथि आक्रमण भइ कार्यालय तोडफोड गरिएको जानकारी दिएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया