कुटिएका चिकित्सकसँग माफी माग्न राष्ट्रपतिलाई ज्ञानेन्द्र शाहीको सुझाव
काठमाडौं । सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सवारीका क्रममा प्रहरीद्वारा कुटिएका चिकित्सकसँग माफी माग्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । साथै उनले कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही गर्न पनि माग गरेका छन् ।
शुक्रबार राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनबाट संघीय संसदलाई सम्बोधन गरेर फर्किंने क्रममा सडकमा आवतजावत रोकेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकलाई अटेरी गरेको भन्दै कुटपिट गरेको थियो । कुटपिटबाट घाइते चिकित्सकको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला शाहीले विज्ञप्ति जारी गरेर त्यसको निन्दा एवं दोषीउपर कारबाही माग गरेका हुन् ।
‘चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गरियोस् । साथै सम्माननीय राष्ट्रपतिले क्षमा मागियोस,’ उनले विज्ञप्तिमा भनेका छन् । । प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमानागरिकलाई कुटपिट गर्नु, त्यसमाथि अति संवेदनशील मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु घोर आपत्तिजन्य कार्य भएको शाहीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राष्ट्रपतिलाई सम्मान गर्ने नाममा जनतालाई सास्ती दिनु खेदजनक भएको शाहीले बताएका छन् ।
‘हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अन्त हुन जरूरी छ,’ शाहीले विज्ञप्तिमा लेखेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया