दाइजोमा अपाचे बाइक नदिएको भन्दै मण्डपबाट दुलाहा फरार
काठमाडौं । विवाहमा आफूले मागेको ब्राण्डको मोटरसाइकल नदिएको आक्रोसमा दुलाहा मण्डपबाटै फरार भएका छन् । बेहुलीको दाजुलाई कुटपिट गरेर दुलाहा फरार भएपछि दुलही लिन गएको जन्ती रित्तो हात घर फर्किएको छ ।
घटना भारतको जनकगञ्ज क्षेत्रको हो । यहाँ कुशवाहा परिवारकी छोरीको बिहे आराधना गार्डेनमा भएको थियो । उक्त परिवार बहोदापुर थाना क्षेत्रको शिवनगर कोलोनीमा बस्छ । शहरकै माधवगञ्ज क्षेत्रबाट दुलही लिन जन्ती निस्किएको थियो । धूमधामका साथ पुगेका जन्तीलाई दुलही पक्षले स्वागत र अभिनन्दन गरेका थिए । वरमाला कार्यक्रम पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
दुलाहा मोनु कुशवाहा जब दाइजो राखिएको विवाह मण्डपमा प्रवेश गरे, त्यसपछि समस्या सुरु भयो । विवाहपूर्व अपाचे ब्राण्डको बाइक दिने भनेर गरिएको पूर्वसहमति उल्लंघनप्रति उनको आपत्ति थियो ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, अपाचे बाइक नल्याइएपछि दुलाहाले पूर्वसहमति स्मरण गराउँदै सोहीअनुसार गर्न आग्रह गरेका थिए । दुलही पक्षका प्रतिनिधिले बाइक एउटै भएको तर्क गर्दै रकम अभावमा साइन बाइक खरिद गर्नुपरेको बाध्यता सुनाएका थिए । दुलाहा टसको मस नभएपछि युवतीका दाजु र बुवा स्वयंले उनलाई विवाहमा तनाव नगर्न अनुनय गरे । तर मोनु थप उत्तेजित बन्दै बिहे नै तोड्ने धम्की दिन थाले । यसमा बेहुलीका दाजुले विरोध गरेपछि मोनु दुलहीका दाजुमाथि कुटपिट गर्दै त्यहाँबाट फरार भएका थिए ।
घटनापछि दुलहा र उनको परिवारविरुद्ध दुलही पक्षले प्रहरीमा जाहेरी दिएका छन् । उजुरीपछि बेहुला मोनु कुशवाहा, उनका बुवा गुड्डु, भाइ गोपी र गुलशनविरुद्ध दुर्व्यवहार तथा कुटपिटको मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया