मानवीय संकट झेलिरहेको टर्कीमा लुटपाटदेखि उद्धार टोलीसँग झडपसम्म
काठमाडौं (एजेन्सी) । विनाशकारी भूकम्पबाट पीडितको सहायताका लागि विभिन्न देशले टर्कीलाई सहायता गरिरहेका छन् । कतिपय देशबाट उद्धार टोली नै त्यहाँ पुगेर सहयोग गरिरहेका छन् ।
तर आपराधिक मानसिकता भएका समूह भने संवेदनशीलता बिर्सिएर मौकाको फाइदा उठाउन सक्रिय बनेका छन् ।
यसक्रममा शनिबार टर्कीमा रहेको जर्मन उद्धार टोली तथा अस्ट्रियाली सेनासँग अज्ञात समूहको झडप भएको छ । झडपपछि जर्मन उद्धार टोली र अस्ट्रियाली सेनाले आफ्नो उद्धार कार्य स्थगन गरेका छन् ।
लुटपाटको आरोपमा करिब ५० जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट धेरै हतियार समेत बरामद भएको बिबिसीले लेखेको छ ।
टर्कीका राष्ट्रपतिले कानुन उल्लंघन गर्नेलाई सजाय दिन आफ्नो आपतकालीन शक्ति प्रयोग गर्ने बताएका छन् । यसैबीच, उद्धारकर्मीले खाद्यान्न आपूर्तिमा कमी आएका कारण सुरक्षा अवस्था बिग्रने अनुमान गरेका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया