राजमार्ग ठप्प पारेर गाउँपालिकाको खेलकुद प्रतियोगिता (भिडियोसहित)
काठमाडौं । सडक र सवारीको आवागमन सहज पार्नु राज्यका निकायको कर्तव्य हो । तर एउटा पालिकाले देशकै लाइफलाइन पृथ्वी राजमार्गको सवारी आवागमन नै ठप्प पारेर दौड प्रतियोगिता गरेको छ ।
धादिङको गजुरी गाउँपालिकाले गलौदीस्थित पृथ्वी राजमार्गको सडकमा सवारी आवागमन रोकेर दौड प्रतियोगिता आयोजना गरेको हो ।
गजुरी गाउँपालिकाका प्रवक्ता बद्रीप्रसाद जमकटेलले गाउँपालिकाद्वारा आयोजित पालिकास्तरीय दोस्रो रनिङ शिल्डअन्तर्गत शनिबार बिहान राजमार्गमा आवागमन रोकेर दौड प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए ।
प्रवक्ता जमकटेलले रहरले भन्दा पनि ३००० मिटर लामो दौड प्रतियोगिताका लागि स्थान अभाव भएकाले जिल्ला प्रशासन र स्थानीय प्रशासनको अनुमति लिएर यस्तो गरिएको दाबी गरे ।
‘माघ २७ देखि सुरु अन्य प्रतियोगिता मैदानमा भइरहेका छन् । तर ३००० मिटर दौडका लागि स्थान अभाव भएपछि २०–२५ मिनेटका लागि राजमार्गको प्रयोग गरेका हौं,’ उनले भने ।
गाउँपालिकाले राजमार्ग कब्जा गरेर दौड प्रतियोगिता आयोजना गर्दा करिब ४५ मिनेर दुईतर्फी सवारी आवागमन ठप्प भएको थियो । यसक्रममा दमकललाई समेत प्रहरीले रोकेका थिए । सँधै सवारीको उच्च चाप रहेको पृथ्वी राजमार्ग ठप्प हुँदा देशभरबाट काठमाडौं आउने र काठमाडौंबाट बाहिरिएका यात्रुहरूले घण्टौं सास्थी व्यहोरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया