सार्वजनिक विदाको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडाैं । सरकारले दिने गरेको सार्वजनिक विदाको विरोधमा माइतीघरमा विरोधसभाको आयोजना हुँदैछ । सार्वजनिक सरोकार मञ्चले आज विहान ११ बजेदेखि माइतीघरमा विरोधसभाको आयोजना गर्न लागेको जनाइएको छ ।
सरकारले आज जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको छ । जनयुद्ध दिवसलगायत अन्य समयमा हुने गरेका विदाको विरोध जनाउँदै सार्वजनिक सरोकार मञ्चले विरोधसभाको आयोजना गर्न लागेका हुन् ।
बढ्दो बेरोजगारी र आर्थिक रूपमा जर्जर रहेको मूलुकमा एकपछि अर्को गर्दै राज्यशक्तिको दुरूपयोग गर्दै मनलागी सार्वजनिक विदा दिने परिपाटी बढ्दै गएको भन्दै मञ्चले विरोध जनाएका छन् ।
सार्वजनिक विदा दिने सवालमा सरकारको ध्यानाकर्षण गर्ने हेतुले विरोध कार्यक्रम गर्न लागेको मञ्चले जानकारी दिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया