१२ वर्षपछि रोनाल्डोको हात रित्तो
काठमाडौं । सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोडेयता पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई क्लब फेरिसके ।
च्याम्पियन्स लिग जित्नकै लागि उनी इटालियन क्लब युभेन्ट्स गए । त्यहाँ उनको च्याम्पियन्स लिगको यात्रा क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन ।
यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किँदा पनि रोनाल्डोको लक्ष्य च्याम्पियन्स लिग नै जित्नु थियो । तर, उनको टोली गएराति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।
यससँगै युनाइटेड र रोनाल्डो यो सिजन सबैखाले प्रतियोगिताको उपाधि जित्नबाट बाहिरिएका छन् । रोनाल्डो १२ वर्षपछि पहिलोपटक उपाधिविहीन बनेका हुन् ।
युभेन्ट्समा तीन सिजन बिताउँदा रोनाल्डोले दुई–दुईपटक सिरी ए र इटालियन सुपर कप तथा एकपटक इटालियन कप जितेका थिए ।
तर, यसै सिजन युनाइटेड आएका रोनाल्डो उपाधिविहीन हुन पुगेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया