कोरोनाले बन्द भएको न्युजिल्यान्डको सीमा खुला

काठमाडौं । न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुल्ला गर्ने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।
त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सिमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन् ।
अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो ।
स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११.५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्दा अर्डेर्नले बुधबार जानकारी दिइन् । उनका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरुलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ ।
न्युजिल्याण्डले दोस्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकहरुलाई प्रवेश खुल्ला गर्ने भएको हो ।
उनले अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुल्ला गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया