NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते
च्याम्पियन्स लिग :

‘बादशाह’ रोनाल्डो रियल छोडेयता सेमिफाइनलमा समेत पुग्न सकेका छैनन्

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिग फुटबलका ‘बादशाह’ मानिन्छन् । उनले पाँचपटक यसको उपाधि जितेका छन् ।

रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता र धेरै खेल खेल्ने खेलाडी पनि हुन् । यतिमात्र होइन उनले च्याम्पियनन्स लिगमा धेरै रेकर्डसमेत राखेका छन् ।

यद्यपि, पछिल्लो चार वर्ष यता भने रोनाल्डो च्याम्पियन्स लिगमा सफल हुन सकिरहेका छैनन् ।

सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोडेयता उनले दुई क्लब फेरिसके ।

च्याम्पियन्स लिग जित्नकै लागि उनी इटालियन क्लब युभेन्ट्स गए । त्यहाँ उनको च्याम्पियन्स लिगको यात्रा क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन । दुईपटक त उनको टोली अन्तिम १६ मै सीमित भयो ।

Ronaldo defended by friend Pinsoglio over Juve free-kick frustration - AS.com

यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किँदा पनि रोनाल्डोको लक्ष्य च्याम्पियन्स लिग नै जित्नु थियो । तर, उनको टोली गएराति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।

यससँगै युनाइटेड र रोनाल्डो यो सिजन सबैखाले प्रतियोगिताको उपाधि जित्नबाट बाहिरिएका छन् । रोनाल्डो १२ वर्षपछि पहिलोपटक उपाधिविहीन बनेका हुन् ।

रोनाल्डोले २००८ मा युनाइटेड र ०१४, ०१६, ०१७ र ०१८ मा गरी पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

रियलमा रहँदा उनले लगातार तीनपटक यो उपाधि जितेका थिए ।

१२ वर्षपछि रोनाल्डोको हात रित्तो

ताजा अपडेट

नेपालवाच विशेष