ग्यास सिलिन्डर विस्फोटमा घाइते भण्डारीको आमाको मृत्यु
काठमाडौं । ग्यास सिलिन्डर दुर्घटनामा घाइते कांग्रेस नेता चन्द्रबहादुर भण्डारीको आमाको निधन भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको बिहीबार मृत्यु भएको हो ।
अस्पताल स्रोतले बिहान १०ः५७ मा उनको मृत्यु भएको जनाएको छ ।
बुद्धनगरस्थित निवासमा बिहीबार राति ग्यास सिलिन्डर हुँदा भण्डारीसँगै उनकी आमा घाइते भएकी थिइन् । उनको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।
घाइते नेता भण्डारीको भने उपचार जारी छ । फोक्सो, टाउकोलगायत जटिल समस्या देखिएपछि उनलाई चिकित्सकले भारत लैजान सुझाव दिएका छन् । चिकित्सकको सल्लाहपछि उनलाई भारतको मुम्बई लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया