भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारत लगियो
काठमाडौं । गएराति आफ्नै निवासमा ग्यास बिस्फोटमा परी जलेर घाइते भएका कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
भण्डारीको स्वास्थ्य अवस्था गम्भीर भएकाले मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस सेन्टरमा लगिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भण्डारीलाई अस्पतालबाट त्रिभुवन विमानस्थलसम्म एम्बुलेन्समा लगिएको थियो ।
विभानस्थलबाट एयर एम्बुलेन्सको रूपमा श्री एयरलायन्स विमानबाट मुम्बई लगिएको हो । उनको स्वासप्रश्वास नली सुन्निन थालेको कारण जटिलता थपिएको हो । स्वास्थ्य समस्यामा थप जटिलता नहोस् भनेर उनका साथमा ६ जना चिकित्सकको टीम सँगै गएका छन् ।
चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । उनकी आमा हरिकलाको बिहान उपचारकै क्रममा निधन भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया