भारतबाट घटेर आयो पेट्रोलको मूल्य, नेपालमा घट्ला ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ ।
निगमका अनुसार आईओसीले डिजेलको मूल्य ६ रूपैयाँ ४० पैसा घटाएर पठाएको छ ।
यसभन्दा अघि आईओसीले पेट्रोल र डिजेलको को मूल्य बढाएर पठाएको थियो । त्यसपछि निगमले पनि पेट्रोल र डिजेलको मूल्य ३/३ रूपैयाँले बढाएको थियो ।
आईओसीले नयाँ मूल्य घटाएर पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन । निगमका अनुसार निगमले आईओसीलाई अझै भुक्तानी गर्न बाँकी रकम १६ अर्ब ३० करोड रूपैयाँ रहेको छ ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८ रूपैयाँ र डिजेल १७५ रूपैयाँ रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया