स्कटल्याण्डविरुद्ध नेपालले फिल्डिङ रोज्यो, एक खेलाडी परिवर्तन

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–टू को त्रिदेशीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेको हो । स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा ललित नारायण राजवंशी समावेश भएकोमा उनको स्थानमा गुल्सन झालाई स्थान दिइएको हो ।
मैदानमा उत्रिएका अन्य खेलाडीमा भने रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।
स्कटल्याण्डविरुद्ध घरेलु मैदानमा नेपालको यो पहिलो भेट हो । यसअघि पहिलो खेलमा जित निकालेका दुवै टिम आज पनि त्यसको निरन्तरताको खोजीमा रहनेछन् ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया