थप ८२ कोरोना संक्रमित थपिए, २१३ कोरोनामुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या पीसीआर परीक्षण मात्रै ९ लाख ७८ हजार ८५ जना पुगेको छ । त्यस्तै एन्टिजेनमार्फत एक लाख चार हजार १७ जना छन् ।
पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ६१ हजार ५६१ जना पुगेको छ ।
बुधबार पनि मृत्यु शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० जना छन् । हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया