फिलिपिन्समा विमान दुर्घटना, खोजी जारी

फिलिपिन्स । चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ । उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् ।
नागरिक उड्डयन कार्यालयका अनुसार विमान चालक, चालक दलका अर्का एक सदस्य र दुई जना यात्री विमानमा सवार थिए । सेस्ना ३४० विमान राजधानीको दक्षिणमा अवस्थित बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको केही समयपछि शनिबार बिहानदेखि वेपत्ता भएको थियो ।
स्थानीय खोज तथा उद्धार टोलीले विमानस्थल नजिकै सम्भावित दुर्घटनास्थल पहिचान गरेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अपोलोनियोले एएफपीलाई बताएका छन् । प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ भएको छ । फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान दुर्घटना भएको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया