सिडिओहरूलाई गृहको निर्देशन : कर्मचारीमाथि निगरानी बढाउनू
काठमाडौं । गृह मन्त्रालयले आफू मातहतका कर्मचारीमाथि निगरानी बढाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
कर्मचारीबाट हुने ढिलासुस्ती, आर्थिक अनियमितता, अल्छि प्रवृतीविरुद्ध निगरानी बढाउन निर्देशन दिएको हो ।
सचिवस्तरिय निर्णय गरेर दिएको निर्देशनमा गृह मन्त्रालयले कर्मचारीहरू समयमा कार्यालय उपस्थित नहुने, हाजिर भएर कार्यालय बाहिरको काममा हिँड्ने, अनावश्यक सभा, गोष्ठिमा सहभागी हुने प्रवृती बढेको भन्दै सचेत गराएको हो ।
यस्तै, कर्मचारीहरूबाट सेवाग्रोहीलाई अनावश्यक दुःख दिने, आर्थिक अनियमिततामा संलग्न हुने प्रवृती मौलाएको पनि उल्लेख छ ।
त्यस्ता खराब अवस्थाको अन्त्यका लागि उनीहरुमाथि मसिनो निगरानी बढाउन पत्राचार गरेको हो ।
मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनअनुसारको निर्देशन भन्दै जारी गरेको सर्कुलरमा कर्मचारीलाई कार्यालय समयको पालना गराउन भनेको छ।
यस्तै कर्मचारीहरूलाई कार्यालय बाहेकको अनावश्यक सभा, गोष्ठि तथा सम्मेलनमा सहभागी हुनबाट रोक लगाउन पनि भनिएको छ ।
त्यस्ता गोष्ठि, सभा सम्मेलनमा सहभागी हुनै परेमा एक जनामात्रै कर्मचारी सहभागी हुन र त्यस कार्यक्रमको प्रतिवेदन लिने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया