१३ अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी बिलको बोलकबोल भने भोलि सोमबार हुने छ ।
राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन यो चैत ७ गते परिपक्व हुनेछ ।
९१ दिनको लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० जेठ ९ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनका लागि ६ अर्बको ट्रेजरी बिल जारी हुँदै छ । जुन २०८० साउन भदौ ५ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया