कस्तो छ कांग्रेस नेता भण्डारीको पछिल्लाे स्वास्थ्य अवस्था ?
काठमाडौं । ग्यास दुर्घटनाका क्रममा जलेर घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डरीकाे स्वास्थ्यमा सुधार आएको छ ।
भारतको मुम्बईस्थित अस्पतालमा उपचाररत भण्डारीको स्वास्थ्य अवस्थामा अहिले सुधार आएको भारतमा रहेका त्रि चन्द्र कलेजका प्राध्यापक माधव न्यौपानेले बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भण्डारीको स्वास्थ्य स्थिति सामान्यतर्फ गइरहेको जानकारी दिएका हुन् । उनका अनुसार भण्डारीलाई अहिले ज्वरो आएको छैन भने सवै स्वास्थ्य पारामिटर नर्मल रहेको छ ।
भण्डारीको बुद्धनगरस्थित निवासमा बिहीबार राति ग्यास सिलिन्डर दुर्घटना हुँदा उनीसँगै आमा घाइते भएका थिए । घटनालगत्तै उद्धार गरेर दुवै जनालाई कीर्तिपुरस्थित वर्न अस्पताल लगिएकोमा आमाको बिहीबार बिहानै मृत्यु भएको थियो ।
भण्डारीलाई भने चिकित्सकको सल्लाहअनुसार भारत लगिएको हो । जलनले श्वास नली, फोक्सो, टाउकोलगायत अंगमा पुर्याएको क्षतिको उपचार सम्भव नभएको भन्दै चिकित्सकले भारत लैजान सिफारिस गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया