उत्तर कोरियाद्वारा पुन : क्षेप्यास्त्र परीक्षण
सोल । उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको बताएको छ ।
अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा शनिबार प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको ४८ घण्टामा दोस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
जापानको रक्षा मन्त्रालयले आज प्रक्षेपण गरिएका दुवै मिसाइल ५० देखि एक सय किलोमिटरको उचाइमा उडेका जनाउँदै आफ्नो विशेष आर्थिक क्षेत्र बाहिर खसेका बताएको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले क्षेप्यास्त्र प्रक्षेपणबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठकका लागि अनुरोध गरेका छन् ।
दक्षिण कोरियाका प्रधानसेनापतिले प्रक्षेपणलाई गम्भीर उत्तेजना भन्दै त्यसको निन्दा गरेका छन् । साथै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्नेमा जोड दिएका छन् । दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ ।
सुरक्षा विश्लेषकहरूका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।
महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई उत्तेजक कार्य तत्काल बन्द गर्न आह्वान गरेका छन्र ।
उनले कुनै पनि किसिमका उत्तेजक गतिविधि नगर्न उत्तर कोरियालाई आह्वान गरेकाे महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया