कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सासंद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
ग्यास दुर्घटनाका क्रममा जलेर घाइते भएका नेता भण्डारी अहिले दोहोरो संवाद गरिरहेको तथा खाना पनि मुखबाट खुवाउन सुरु भइसकेको भारतमा रहेका त्रि चन्द्र कलेजका प्राध्यापक माधव न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार भण्डारीलाई भेन्टिलेटर हटाएर हाल नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिइदै छ । उच्च इन्फेक्सन नहोस् भनेर भेटघाट गर्न भने भण्डारीलाई अस्पतालले नदिने प्राध्यापक न्यौपानेले बताएका छन् ।
‘भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ।हल्का ईन्फेक्सनको उपचार भईरहेको छ तर ज्वरो आएको छैन।उच्च ईन्फेक्सन नहोस भनेर भेटघाट गर्न अस्पताल ले दिदैन।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन। सुन्निएको अनुहार घटेको छ।स्वास्थ्य सामान्य तर्फ गईरहेको छ।’ प्राध्यापक न्यौपाने भने ।
भण्डारीको बुद्धनगरस्थित निवासमा गत बिहीबार राति ग्यास सिलिन्डर दुर्घटना भएको थियो । दुर्घटनाले उनको श्वास नली, फोक्सो, टाउकोलगायत अंगमा क्षति पुगेको थियो । उक्त क्षेतिको उपचार सम्भव नभएको भन्दै चिकित्सकले उनलाई भारत लैजान सिफारिस गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया