क्रिकेटर सन्दीपको भावुक स्टाटस : मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले जितेको छ
काठमाडौं । मंगलबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले हात पारेको क्रिकेटर सन्दीप लामिछानेले भावुक स्टाटस लेखेका छन् । मंगलबार भएको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको थियो ।
नेपालले खेल जितेसँगै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका हुन् । आफूले खेलमार्फत देशलाई कति योगदान दिएँ/दिइँन थाहा नभएपनि देशले क्रिकेट जित हासिल गरेकोमा खुशी व्यक्त गरेका छन् । साथै उनले स्टाटसमार्फत सम्पूर्णमा धन्यावद समेत दिएका छन् ।
‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको थियो । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया