फिलिपिन्समा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
मनिला । फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ ।
सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा मारिनेमा पाइलट रुफिनो जेम्स क्रिसोस्टोमो जुनियर, चालक दलका सदस्य जोएल मार्टिन र अष्ट्रेलियाका प्राविधिक सल्लाहकार साइमन चिपरफिल्ड र कार्ती सन्थानम रहेका छन् ।
उनीहरुको शव माउन्ट मेयोन ज्वालामुखीमा भेटिएको थियो । चारै जना मानिस मनिलास्थित जियोथर्मल फर्म इनर्जी डेभलपमेन्ट कर्पका कर्मचारी रहेको सीएनएनले कम्पनीका अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर आरलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
सीएनएनले फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरण (सीएएपी) लाई उद्धृत गर्दै अल्बे प्रान्तको बिकोल अन्तरराष्ट्रिय विमानस्थलबाट शनिबार उडान भरेपछि मनिला जाँदै गरेको सेसना ३४० विमानको हवाई ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भई दुर्घटना भएको जनाएको छ ।
आइतबार करिब ६ हजार फिटको उचाइमा भग्नावशेष भेटिएको थियो । पहिरोको जोखिम र ज्वालामुखी विस्फोट आदिको डरले खोजी कार्यमा कठिनाइ भएको थियो।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया