हिमपहिरोमा अफगानिस्तानको उत्तरी प्रान्तमा चार जनाको मृत्यु, ३० घर ध्वस्त
फैजाबाद । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तका दुईवटा गाउँमा गएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु हुनाका साथै ३० घरहरू ध्वस्त भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।
प्रान्तको कोफाब जिल्लामा बुधबार गएको हिमपहिरोमा परी विपन्न परिवारलाई सहयोग गर्न प्रदेश सरकारले मानवीय सहायता स्वरुप नगद र राहत सामग्री पठाएको प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिला विभागका प्रादेशिक सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन् ।
भारी हिमपात, चिसो मौसम र हिमपहिरोका कारण गत महिना अफगानिस्तानमा बालबालिकासहित करिब २०० जनाको मृत्यु भएको थियो । बदख्सान प्रान्तमा मात्र ३० भन्दा बढीको मृत्यु भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया