माओवादीसँगको गठबन्धन टुट्न लागेको ओलीको संकेत
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तागठबन्धन टुट्न लागेको संकेत गरेका छन् । सरकारले १ फागुनको ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि सार्वजनिक गरेर ओलीले यस्तो संकेत गरेका हुन् ।
आफ्नो ७२ औँ जन्मदिनको अवसरमा बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले १ फागुन जनयुद्ध दिवस नभएर हिंसा दिवस भएको बताए । यस्तो दिनलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेर गल्ती गरेको उनको भनाइ छ । ‘सरकारको यो निर्णयले मुलुकमा अझै पनि हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको उल्लेख गरे ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ओलीले हिंसाको बाटो छोडेर शान्तिप्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्यो भन्दै प्रश्न गरे ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया