बालुवाटारमा पुरानो गठबन्धनको बैठक : जुटेन कुनै सहमति
काठमाडौं । पुरानो गठबन्धन ब्युँताउन बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठक साँझ पुनः बस्नेगरी सकिएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जसपाको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न पुनः प्रस्ताव गरेका थिए ।
माओवादी केन्द्र, नेकपा एस र जसपाका नेताहरूले राष्ट्रिय सहमतिको आधारमा साझा उम्मेदवार चयन गर्नुपर्ने अडान लिएका थिए । करिब तीन घण्टा चलेको छलफलमा राष्ट्रपतिको सम्बन्धमा कुनै सहमति नभएको कांग्रेसका महामन्त्री गगन थापाले बताए ।
‘चार दलको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल भयो । अपरान्ह ५ बजे फेरि बैठक बस्छ। त्यो बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्छ,’ बैठकपछि सञ्चारकमीसँग संक्षीप्त प्रतिक्रिया दिँदै थापाले भने । थापाले आजको छलफल साकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया