राष्ट्रपतिको उम्मेदवार बन्न तीन इच्छुक, जसले प्रस्तावक–समर्थक नै पाएनन्
काठमाडौं । राष्ट्रपतिको उम्मेदवार बन्न दलबाहेकका व्यक्ति पनि संसद् भवनको ल्होत्से हल पुगेका थिए । निर्वाचन अधिकृतको कार्यालयले उनीहरूलाई मनोनयनपत्रसमेत उपलब्ध गराएको थियो । तर, उनीहरूले प्रस्तावक–समर्थक नै पाएनन् । सांसदहरू मात्रै उम्मेदवारको प्रस्तावक र समर्थक हुन पाउने व्यवस्था छ । दलका सांसदहरूले प्रस्तावक–समर्थक बस्न उनीहरूलाई पत्याएनन् ।
कास्कीका मेघराज आचार्य, विस्तृत परिचय नखुलेका रामराजी यादव र पूरा नाम नखुलेका लक्ष्मीप्रसादले उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लगेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले बताइन् । ‘उहाँहरूमध्ये एकजना जनआन्दोलनको घाइते र अर्काले पूर्वविद्यालय निरीक्षक भएको बताउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँहरूले छुट्टाछुट्टै मनोयनपत्र लिएर जानुभयो । के–के डकुमेन्ट चाहिन्छ, भरेर आउँछौँ भन्नुभयो । प्रस्तावक र समर्थक खोज्न प्रयास गर्छाैँ भन्नुभएको थियो । तर, निर्धारित समयभित्र आउनुभएन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया