सन्दीपबारे आज सर्वोच्चमा सुनुवाइ, पाउलान् विदेश गएर खेल्ने अनुमति ?
काठमाडौं । किशोरीमाथि बलात्कार आरोप लागेका सन्दीप लामिछानेबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
उच्च अदालत, पाटनबाट सर्तसहित थुनामुक्त लामिछानेले विदेशमा गएर क्रिकेट खेल्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतको एकल इजलासको आदेशअनुसार आज सुनुवाइ हुन लागेको हो ।
आइतबारको सुनुवाइ उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न गरेको आदेश ठीक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । त्यसपछि मात्रै लामिछानेको मागको सम्बन्धमा बहस हुनेछ ।
सर्वोच्चले साधारण तारिखमा छाड्ने आदेश दिएमा लामिछाने विदेश गएर खेल्न पाउनेछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया