राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने आजको बैठकको पहिलो कार्यसूची छ । कुनै पनि मन्त्रीले राजीनामा दिएको अवस्थामा कार्यभार तोकिएकोबारे संसदलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले हठात् गठबन्धन बदलेपछि राप्रपा शनिबार सरकारबाट बाहिरिएको थियो ।
त्यसैगरी, सम्भावित दोस्रो कार्यसूचीमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गर्ने अर्को कार्यसूची पनि छ । संघीय संसद सचिवालयका अनुसार, राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने तेस्रो कार्यसूची पनि छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया