राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने आजको बैठकको पहिलो कार्यसूची छ । कुनै पनि मन्त्रीले राजीनामा दिएको अवस्थामा कार्यभार तोकिएकोबारे संसदलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले हठात् गठबन्धन बदलेपछि राप्रपा शनिबार सरकारबाट बाहिरिएको थियो ।
त्यसैगरी, सम्भावित दोस्रो कार्यसूचीमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गर्ने अर्को कार्यसूची पनि छ । संघीय संसद सचिवालयका अनुसार, राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने तेस्रो कार्यसूची पनि छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया