गोरखामा बाटो नभएको ठाउँमा पुल बनाउने तीनजनाविरूद्ध अख्तियारको मुद्दा
काठमाडौं । गोरखामा बाटो नभएको ठाउँमा पुल बनाउने तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसमा संलग्न गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव इश्वर चन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाविरूद्ध मुदा दायर गरेको हो ।
उनीहरूलाई पाँच करोड ४५ लाख ५२ हजार ६७१ रूपैयाँ बिगो माग दाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।
गोरखा नगरपालिका वडा नं ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नै नभएको अवस्थामा पुल बनेपछि आयोगमा उजुरी परेको थियो ।
यसमाथि अनुसन्धान हुँदा तत्कालीन प्रदेश सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम कानुन विपरित गएर थप गरेको, पुलको स्थान र नाम परिवर्तन गरेको पाइएको थियो ।
त्यस्तै तत्कालीन निमित्त निर्देशक श्रेष्ठ र सि.डि ढुंगानाले पुलको निर्माण गराउन काल्पनिक सडकको नाम पेश गरी पुलको डिजाइन बनाएको पाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया