माधवमाथि बाबुरामको टिप्पणी–१० सिटेलाई प्रधानमन्त्री बनाउँदा ६६ दिन प्रधानमन्त्री !
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने ८ दलीय बैठकको निर्णयप्रति टिप्पणी गरेका छन् ।
माधव नेपालप्रति इंगित गर्दै उनले दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्न आउने भन्दै उनले व्यंग्य गरेका हुन् ।
‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ’, सोमबार सामाजिक सञ्चाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन ?’
शुक्रबार कांग्रेस, माओवादीसहित ८ राजनीतिक दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने, प्रचण्डपछि एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने र अन्तिम कार्यकाल कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो ।
२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाॅच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउॅदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ!दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त?सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन?
— Baburam Bhattarai (@brb1954) February 27, 2023
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया