सत्तामा रास्वपाको अलमल : सरकारलाई दिएको समर्थन कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ । सोमबारपार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो ।
यसअघि २२ माघमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपनि समर्थन कायमै राखेको थियो । १० पुसमा बनेको सातदलीय सत्ता समीकरण भत्किएपछि रास्वपाले पनि समर्थन फिर्ता लिन सक्ने आंकलन गरेका थिए । तर सरकारलाई दिएको समर्थनबारे कुनै निर्णय नभएको उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनकाअनुसार राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा कुनै निर्णय गरेको छैन । सत्ता साझेदार सबैभन्दा ठूलो दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया