सत्तामा रास्वपाको अलमल : सरकारलाई दिएको समर्थन कायमै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ । सोमबारपार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो ।
यसअघि २२ माघमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपनि समर्थन कायमै राखेको थियो । १० पुसमा बनेको सातदलीय सत्ता समीकरण भत्किएपछि रास्वपाले पनि समर्थन फिर्ता लिन सक्ने आंकलन गरेका थिए । तर सरकारलाई दिएको समर्थनबारे कुनै निर्णय नभएको उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनकाअनुसार राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा कुनै निर्णय गरेको छैन । सत्ता साझेदार सबैभन्दा ठूलो दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया