ब्राजिलमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो
एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यको तटीय क्षेत्रमा भारी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको स्थानीय अधिकारीले आइतबार बताएका छन् ।
मृत्यु हुनेमा १९ जना नाबालक रहेको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पीडितका लागि राहतलाई प्राथमिकता दिइएको छ । सेनाका जवान, अग्निनियन्त्रक, स्वयंसेवक र उद्धारकर्मीहरूले अझै पनि मृतकहरूको शव निकाल्न र हराइरहेकाहरूको खोजी कार्य जारी राखेका छन् ।
अधिकांश पीडितहरू साओ सेबेस्टियाओको सामुद्रिक तट बारा डो साही नजिकै सिएरा डी मार पर्वत श्रृंखलाको उच्च जोखिम भएको क्षेत्रहरूको गरीब बस्तीमा बस्थे । पछिल्लो पहिरोको कारण घरबार गुमाएका करिब दुई हजार ४४० जनालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरो र हावाहुरीका कारण बन्द भएका तटीय सडक आइतबारदेखि पुनः सञ्चालनमा आएका छन् ।
फेब्रुअरी १९ मा, तटीय शहरहरू बर्टिओगा, कारागुआटाटुबा, ग्वारुजा, इल्हाबेला, साओ सेबेस्टियाओ र उबटुबामा करिब २४ घण्टामा अत्यधिक वर्षा भएको थियो । साओ सेबास्टियाओको सामुद्रि तट, ब्राजिलको विशेष पर्यटन गन्तव्यहरू मध्ये एक हो ।
ब्राजिलको एकीकरण तथा क्षेत्रीय विकास मन्त्रालयको तथ्यांकअनुसार प्राकृतिक प्रकोपको जोखिममा रहेका १४ हजार क्षेत्रमा करिब ४० लाख ब्राजिलियालीहरू बसोबास गर्छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया