दश शैयाकाे अस्पताल निर्माण अन्तिम चरणमा
जाजरकोट । शिवालय गाउँपालिकामा १० शैयाकाे अस्पताल निर्माण अन्तिमचरणमा पुगेको छ ।
गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र नौ करोड ९२ लाखको लागतमा निर्माण गरिएको उक्त अस्पताल आर्थिक वर्ष २०७९/८० को असार मसान्तभित्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए ।
गाउँपालिकाको केन्द्रमा पर्नेगरी वडा नं ३ मा निर्माण भइरहेको यो अस्पताल पूरा भएपछि सर्वसाधारणले सामान्य उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले बताए । प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण जारी राखेको यस गाउँपालिकाले नौ वटा वडामै सडक सञ्जालले जोड्ने कामसमेत जारी राखेको छ ।
सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जानसमेत सहज हुने विश्वास लिएको उपध्यक्ष उनले उल्लेख गरे । अहिले पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेकाले वडामा रहेका स्वास्थ्य संस्थाबाट सिफारिस गरिएका बिरामीलाई बाहिर उपचारका लागि लैजान सहज भएको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया