स्पेनिस र इंग्लिस क्लबको वर्चश्व
काठमाडौं । युइएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा स्पेनिस र इंग्लिस क्लबको वर्चश्व देखिएको छ ।
गएराति भिल्लारियलले इटालियन महारथी युभेन्ट्सलाई पराजित गरेसँगै तीन स्पेनिस टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।
दुई स्पेनिस क्लब रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेका थिए ।
रियलले फ्रेन्च महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) र एट्लेटिकोले इंग्लिस महारथी म्यानचेस्टर युनाइटेडलाई पाखा लगाएका हुन् ।
अरु स्पेनिस क्लब बार्सिलोना र सेभिल्ला भने यो वर्ष समूह चरणबाटै बाहिरिएका थिए ।
यस्तै, गएराति नै भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई पराजित गरेसँगै तीनवटा इंग्लिस टोलीले अन्तिम ८ मा स्थान बनाउन सफल भए ।
दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल भने यसअघि नै अन्तिम ८ मा पुगिसकको थिए ।

अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भने एट्लेटिकोसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ ।
यसैगरी, जर्मनी र पोर्चुगलका एक–एक टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
जर्मन क्लब बायर्न म्युनिख र पोर्चगिज क्लब बेन्फिका क्वार्टरफाइनलमा पुगेका छन् ।
यो वर्ष विश्वकै उत्कृष्ट खेलाडीले खेल्ने र युरोपकै शीर्ष लिगमा पर्ने इटालियन र फ्रेन्च क्लबले भने अन्तिम ८ मा स्थान बनाउन सकेनन् ।
क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ । अप्रिल ५ देखि अन्तिम ८ का खेल हुनेछन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया