प्रदेश १ को नाम ‘कोशी’ राख्न एमाले र कांग्रेस सहमत,यस्तो छ प्रदेश सभाको कार्यसूची
काठमाडौं । प्रदेश १ ले नाम टुंग्याउने गरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।
प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार संविधानको धारा २९५ (२) बमोजिम बुधबार बैठकमा नामकरणका लागि प्रस्ताव पेस हुने र आजै निर्णय हुने कार्यसूची छ । प्रदेशको नामाकरण गर्ने सम्बन्धमा संसद सचिवालयले सूचना जारी गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।
प्रदेश १ को नाम कोशी राख्न एमाले र कांग्रेस सहमत भएका छन् । ९३ सदस्यीय प्रदेश सभामा प्रस्तावित नाम पारित हुनका लागि दुईतिहाइ अर्थात् ६२ सदस्य आवश्यक पर्छ । यसका लागि एमाले र कांग्रेस एक ठाउँमा उभिएपछि नामाकरण गर्न सहज हुने देखिन्छ ।
प्रदेश सभामा एमालेको ४० सिट छ । कांग्रेसको २९ सिट छ । यसैगरी, माओवादीको १३, राप्रपाको ४, नेकपा एसको ४ सिट र जसपाको एक सिट छ । यद्यपि प्रदेशको नाम कोशी राख्ने सम्बन्धमा एमाले र कांग्रेसभित्र असन्तुष्टी देखिएका छन् ।
यसअघि प्रदेशको नामाकरण भूगोल, धर्मसंस्कृती वा जातिय पहिचान कुन आधारमा राख्ने भन्नेमा प्रमुख दलहरू विभाजित हुँदा पाँच वर्ष त्यसै खेर गएको थियो । प्रदेश स्थापना भएको पाँच वर्षपछि प्रदेश १ ले नाम पाउने भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया