अफगानिस्तानमा लागूऔषध तस्करीको अभियोगमा दश जना पक्राउ
एजेन्सी । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो ।
यसैबीच, अफगानिस्तानको ‘काउन्टर नोर्कोटिक्स पुलिस’ले गत शनिबार उत्तरी सामगन र पश्चिमी फराह प्रान्तमा लागूऔषध तस्करीमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको थियो ।
अफगानिसतानको तालिवान प्रशासनले चरेस उत्पादन एवम् प्रशोधनमा प्रतिबन्ध लगाएको छ भने लागूऔषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया