सरकारी कर्मचारीको खाजा खाने समय घट्यो
काठमाडौं । सरकारी कर्मचारीले खाजाका लागि अब आधा घण्टा मात्रै समय पाउने भएका छन् । यो प्रयोजनका लागि एक घण्टा समय दिइँदै आएकोमा त्यसलाई घटाएर आधा घण्टामा झारिएको हो ।
यसअघिको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय राजपत्रमा प्रकाशित हुन भने बाँकी छ । यसमा समेटिएपछि देशभरका सरकारी कार्यालयमा नयाँ नियम लागू हुनेछ ।
कर्मचारीको खाजा समयलाई लिएर यसअघि आलोचना हुँदै आएको थियो । यसैलाई मध्यनजर गरेर सरकारले यस्तो निर्णय लिएको हो ।
यो निर्णय कार्यान्वयनपछि सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया