खाद्य संकट सम्बोधन गर्न सत्तारुढ दलको बैठक
काठमाडाैं । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य संकट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको हो ।
कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिएका थिए । उनले सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गरेका छन् ।
बैठकमा राष्ट्रिय आर्थिक योजनाको कार्यान्वयन, वित्तीय सुधारका साथै पार्टीको साङ्गठनिक विषयमा पनि छलफल गरी त्यसलाई अनुमोदन गरिएको जनाइएको छ । बैठक आइताबारदेखि बुधबारसम्म चलेको थियो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया