खाद्य संकट सम्बोधन गर्न सत्तारुढ दलको बैठक

काठमाडाैं । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य संकट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको हो ।
कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिएका थिए । उनले सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गरेका छन् ।
बैठकमा राष्ट्रिय आर्थिक योजनाको कार्यान्वयन, वित्तीय सुधारका साथै पार्टीको साङ्गठनिक विषयमा पनि छलफल गरी त्यसलाई अनुमोदन गरिएको जनाइएको छ । बैठक आइताबारदेखि बुधबारसम्म चलेको थियो ।
ताजा अपडेट
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
-
देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
बागमती प्रदेश सभा बैठक बस्दै
-
भोजपुर हत्या घटना: शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रतिक्रिया