राष्ट्रपति भण्डारी एमालेको मात्र भइन् : उपाध्यक्ष अर्याल
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाएकी छिन् ।
राष्ट्रिय सभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपति भण्डारीले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाइन् । नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उनले बताइन् ।
‘नागरिकता विधेयक नयाँ हिसाबले सोचेर, भनेर एकचोटी फर्काउनुभयो, ठीक छ । दोस्रो पटक आइसकेपछि उहाँ त संवैधानिक पदमा रहेको व्यक्ति हो नि । मैले यहाँ डिक्टेट गर्न मिल्छ त ?मिल्दैन नि’, राष्ट्रपतिमाथि उनले असन्तुष्टी पोखिन । राष्ट्रिय सभाको उपाध्यक्ष भएपछि आफूले पदीय जिम्मवारी बहन गर्दै सन्तुलित भूमिका निर्वाह गर्ने बताइन् ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया