सेनाले बुझेन सर्वोच्चको पत्र
महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिना सैनिक हिरासतमा परेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेको थियो । सर्वोच्चले बुधबार नै हिरासतमा राखिएका शाह र तिमल्सिनालाई तीन दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको थियो । आदेश तामेली गर्न बिहीबार बिहानै सर्वोच्चका कर्मचारी जंगी अड्डा भद्रकाली पुगे । तर, कोही कर्मचारी नभएको बहाना बनाएर सेनाले सर्वोच्चको पत्र नै दर्ता गरेन ।
सर्वोच्चका कर्मचारी दिनभर पत्र बोकेर जंगी अड्डाको रिसेप्सनमै ढुकेर बसे । साँझसम्म पनि दर्ता नभएपछि कर्मचारी पत्रसहित फिर्ता भए । तर, सैनिक प्रवक्ता सहायक रथी भण्डारीले सर्वोच्चको पत्र दर्ता भएको दाबी गरे । उनले भने, ‘सर्वोच्च अदालतको आदेश सेनाले नमान्ने विषय नै भएन । त्यसो हुँदा पत्र दर्ता नहुने कुरै भएन । मैले बुझेको यत्ति हो ।’ नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया