ठूला टोली अन्तिम १६ बाटै आउट
काठमाडौं । यो वर्षको युइएफए च्याम्पियन्स लिग फुटबल रोमाञ्चक बनिरहेको छ । ठूला महंगा टोली तुलानात्मक कमजोर टोलीसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएका छन् ।
फ्रेन्च महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)ले यो वर्ष सबैभन्दा अप्रत्यासित नतिजा भोग्यो ।
लियोनल मेसी, नेइमार, केलियन एम्बापे, सर्जियो रामोस, एंगेल डि मारिया, जियानलुइजी डोनारुमा, अचरफ हाकिमीलगायत डेढ दर्जनभन्दा धेरै सुपरस्टार र स्टार खेलाडी पिएसजीमा छन् ।
तर, पिएजीले सोचेजस्तो प्रदर्शन भने गर्न सकेको छैन । पहिलो लेगमा स्पेनिस क्बल रियल म्याड्रिडलाई १–० गोल अन्तले पराजित गरेको पिएसजी अन्ततः दोस्रो लेगमा ३–१ ले हार ब्यहोर्यो ।
च्याम्पियन्स लिगको सबैभन्दा बलियो दाबेदार मानिएको पिएसजीका लागि यो निकै नै अप्रत्यासित नतिजा हो । पिएसजीले दोस्रो लेगको ६० मिनेसम्म पनि १ गोलको अग्रता लिएको थियो । पिएसजीले समग्रमा २ गोलको अग्रता पनि जोगाउन सकेन । अन्तिम ३० मिनेटमा ३ गोल खाँदै अन्तिम १६ बाटै बाहिरियो ।
![]()
यस्तै, सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इंग्लिस टोली म्यानचेस्टर युनाइटेडले पनि अप्रत्यासित नतिजा ब्यहोरेको छ ।
घरेलु मैदानमा तुलनात्मक कमजोर स्पेनिस टोली एट्लेटिको म्याड्रिडसँग पराजित हुँदै तीन पटकको विजेता युनाइटेड अन्तिम १६ बाटै बाहिरिएको हो ।
यसैगरी, दुई पटकको विजेता युभेन्ट्स पनि स्पेनिस टोली भिल्लारियलँग समग्रमा ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
इटालियन महारथी युभेन्ट्स तुलनात्मक कमजोर भिल्लारिलसँग आफ्नै घरेलु मैदानमा ३–० ले पराजित हुनुलाई धेरै नै अप्रत्यासित नतिजा मानिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया