पुस्तक ‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक
काठमाडौं । प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ । विभिन्न क्षेत्रमा योगदान पु-याउने २४ महिलाका जीवनी पुस्तकमा छ । मोतिदेवी स्मृति केन्द्रले एक सय १३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गरेका हुन् ।
उनले साधना, संकल्प र तपस्याबाट देशका लागि योगदान दिएका महिलाका बारेमा जीवनी तयार हुनु र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा योगदान पु-याएकी कृष्णा ताम्राकार, सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्ने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रमा वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा र राजनीतिमा सुशीला श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै राजनीति र सामाजिक परिवर्तनमा निलम केसी तथा राजनीति र सामाजिक गौरा प्रसाईं, चित्रकलामा निलम ताम्राकार र खेलकुदमा सुनमाया बुढालाई अध्यक्ष ओलीले सम्मान गरे । सम्मानित व्यक्तित्व ताम्राकारले आफूले रेडियो नेपालमा काम गर्दा नेपाली भाषालाई शुद्ध गरी उच्चारण गरेर भाषाको सम्मान गरेको स्मरण गराए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया