१३ वर्षीय किशोरसँगको सम्बन्धबाट ३१ वर्षीया महिलाले जन्माइन् बच्चा
काठमाडौं । १३ वर्षीय किशोरसँगको सम्बन्धबाट ३१ वर्षीया महिलाले सन्तानलाई जन्म दिएकी छन् ।
अमेरिकाको कोलोराडो राज्यकी एन्ड्रिया सेरानो नाम गरेकी महिलाले बालकसँगको सम्बन्धबाट सन्तान जन्माएकी हुन् । उनले १३ वर्षीय केटासँगको शारीरिक सम्बन्धबाट आफूले बच्चा जन्माएको स्वीकार गरेकी छन् ।
मिडिया रिपोर्टका अनुसार, यी महिलालाई बच्चासँग शारीरिक सम्बन्ध राखेको भन्दै यौन अपराधी घोषित गरिएको छ । यद्यपि, उनी जेल भने जानु पर्नेछैन ।
यो घटनापछि कोलोराडोको फाउन्टेन क्षेत्रको प्रहरीले सन् २०२२ मा एन्ड्रियालाई पक्राउ गरेर यौन दुर्व्यवहारको मुद्दा चलाएको थियो । तर पछि अभियुक्त महिलाका वकिल र अभियोजन पक्षका वकिलबीच सम्झौता भयो । जसअन्तर्गत महिलालाई यौन अपराधी मान्ने तर जेल सजाय नगर्ने सहमति भएको छ । एन्ड्रिया स्वयंले यो सम्झौता स्वीकार गरेकी छन् ।
यस्तो अवस्थामा आरोपी महिला पक्राउ नहुने अनुमान गरिएको छ । उल्लेखनीय कुरा के छ भने एन्ड्रिया पक्राउ पर्दा उनी गर्भवती थिइन् र पछि बच्चालाई जन्म दिइन्।
पीडित बालककी आमाले भने सम्झौताप्रति असन्तुष्टि जाहेर गरेकी छन् । यस घटनामा पीडित युवती र अभियुक्त पुरुष भएको भए पक्कै पनि सजाय फरक हुने भन्दै उनले महिला भएका कारण सहानुभूति राखिएको गुनासो गरिन् ।
महिलाका कारण आफ्नो छोराको बाल्यकाल चोरिएजस्तो महसुस भएको पनि उनले बताएकी छन् ।
एजेन्सीको सहयोगमा
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया